
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु,’ उनले भनेका छन् ।
यसअघि उनी सिन्धुपाल्चोक १ बाट चुनाव जितेका थिए ।