निर्वाचनको दिन यातायात सञ्चालन गर्न अनुमति दिने आयोगको तयारी

राष्ट्रपाटी न्युज

अशोज २२, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ । शनिबार पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेको बताए ।

उनले भने, ‘निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन भएको छ । सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले उक्त दिन व्यवस्थित ढंगले यातायातका साधन चलाउन अनुमति दिन्छ ।’

मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र मतदान केन्द्रबाट टाढा भएका मतदातालाई मतदानस्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने उनको भनाइ छ । थपलियाले भने, ‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको आह्वानको दिन हो भन्नेजस्ता अभिव्यक्ति सुन्नुपर्ने छैन ।’


Published :अशोज २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media