गठबन्धन र लोसपाबीच चुनावी तालमेल, संघ ८ र प्रदेशसभामा लोसपालाई १६ सिट

राष्ट्रपाटी न्युज

अशोज २३, २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ८ र प्रदेशसभाका १६ सिट पाउने भएको छ ।

मधेस प्रदेशमा लोसपाले ८ वटा संघीय र १६ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपा एक नेताले बताए ।

त्यही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

 


Published :अशोज २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media