देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज २४, २०७९

काठमाडौं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

सोमबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै यी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने त्यस्तै गरि कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाएको छ ।


Published :अशोज २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media