राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

राष्ट्रपाटी न्युज

अशोज २५, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । शनिबार शिक्षण अस्पताल भर्ना हुनुभएको राष्ट्रपति भण्डारी मङ्गलबार डिस्चार्ज हुनुभएको हो ।
खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महसुस भएपछि राष्ट्रपति अस्पताल जानु भएको थियो । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाई आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभएको छ ।


Published :अशोज २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media