
काठमाडौँ । गएको असारयता नेपालमा तीव्र रूपमा फैलिएको डेंगु संक्रमणका कारण देशभर ४४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउनदेखि असोज २४ गतेसम्म सो संख्यामा मृत्यु पुष्टि भएको हो । ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनयता ३३ हजार ९७५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
यो वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।