इराकमा राष्ट्रपतिको निर्वाचन बिहीबार हुँदै

राष्ट्रपाटी न्युज

अशोज २६, २०७९

काठमाडौँ । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी सभामुख  मोहमद अल हलबोसीले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिएका हुन् । उनले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए।

मङ्गलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ। त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन्।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ। राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ । (सिन्ह्वा)


Published :अशोज २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media