आचारसंहिता उल्लंघनमा स्पष्टीकरण दिन प्रचण्डलाई आयोगको निर्देशन

राष्ट्रपाटी न्युज

अशोज २७, २०७९

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो । “मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीमा यहाँलाई पञ्चेबाजासहित स्वागत तथा अभिनन्दन गरेको देखिन्छ,” आयोगले भनेको छ,’…प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ण) को व्यवस्थाको उल्लङ्घनमा किन कारवाही गर्नु नपर्ने हो ? आयोगले सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।


Published :अशोज २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media