पाकिस्तानमा यात्रुवाहक बसमा आगलागी, ८ बालबालिकासहित १८ जना जिउँदै जले

राष्ट्रपाटी न्युज

अशोज २७, २०७९

काठमाडौँ । पाकिस्तानको जामशोरो जिल्लामा बुधबार एउटा यात्रुवाहक बसमा आगलागी भएको छ ।

सो आगलागीमा ८ बालबालिकासहित १८ जना जिउँदै जलेका छन् भने कैयौँ घाइते भएका छन् । सबैलाई जामशोरो अस्पताल लगिएको छ ।

जामशोरोका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक जावेद बलोचका अनुसार बस कराँचीबाट खैरपुर नाथन शाह फर्कँदै थियो । नूरियाबाद नजिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । बसमा बसेका यात्रुहरू बाढीपीडित थिए र घर फर्कने क्रममा थिए । सबै मुगरी समुदायका थिए । दुर्घटनापछि तत्कालै उद्धार सुरु गरिएको थियो । शव र घाइतेलाई जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको छ । आगलागीबाट बच्न केही यात्रुले बसबाट हाम फालेका थिए । बसमा करिब ३५ जना सवार रहेको बताइएको छ ।


Published :अशोज २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media