काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनता समाजवादीका पार्टी (जसपा) का मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले जसपाका मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई संविधानको धारा ७७ को उपधारा (२)को खण्ड ख बमोजिम पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
चारवटै मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने जनाइएको छ । । त्यस्तै कानुन मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीलाई दिइएको छ । कानुनमन्त्री गोविन्द बन्दी समायवधि सकिएपछि राजीनामा दिनुभएको थियो ।