कांग्रेसले पारित ग-यो चुनावी घोषणापत्र

राष्ट्रपाटी न्युज

२८ आश्विन २०७९

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले जानकारी दिए ।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए।शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो। निरन्तरतामा नविनता दिने गरी घोषणापत्र तयार पारिएको प्रवक्ता परियारले बताए ।

अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल,गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।


Published :२८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media