शताब्दी पुरुष जोशीको निधनले युवा पुस्ताको जीवन्त साक्षात्कार गर्ने अवसर गुम्योः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

३० आश्विन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले जोशीको निधनले अत्यन्त दुःखी बनाएको बताएका छन् । उनले जोशीको निधनले बितेको शताब्दीसँग अहिलेको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’


Published :३० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media