४० हजार नाघ्यो डेंगुका बिरामीको संख्या

राष्ट्रपाटी न्युज

अशोज ३०, २०७९

काठमाडौँ । डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ भने ४८ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

जसमध्ये ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। साउनदेखि शुरू भएको डेंगुको संक्रमण देशभर फैलिएको छ । देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अहिले उच्च विन्दूमा रहेको संक्रमण दुई सातापछि कम हुँदै जाने विज्ञहरूले बताएका छन्।

उनीहरू केही समय सतर्कता अपनाउन र लामुखट्टे हुर्किन नदिन पानी जम्ने खाल्डाखुल्डी पुर्न, सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।


Published :अशोज ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media