देशभर चिसोको महसुस

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०७९

काठमाडौँ । कार्तिक महिना सुरु भएसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । देशका धेरै ठाउँको अधिकतम र न्युनतम तापक्रम घटेको छ ।

काठमाडौं उपत्यकाको अधिकतम तापक्रम अस्ति २५ डिग्री सेल्सियस रहेकोमा हिजो बुधरबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । विहीबारको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ ।

न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । विहीबार पनि पश्चिमी पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ।


Published :कार्तिक ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media