
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहोल तात्दै गएको छ। काठमाडौँ जिल्लाको क्षेत्र नं ४ मा अझ धेरै बिभिन्न राजनीतिक तरङ्गहरु नै देखापर्न थालेका छन्।
यसै सन्दर्भमा आज बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का माओबादी केन्द्रका नेता बिनोद धिमालको नेतृत्वमा १५० भन्दा धेरै व्याक्तिहरु बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर-१० स्थित कार्की ब्याङ्केट्समा आयोजना गरिएको बिशेष समारोहमा नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराई तथा काठमाडौँ क्षेत्र नम्बर-४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए।
बूढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडामा बसोबास गर्ने बिभिन्न पार्टीमा सक्रिय व्याक्तिहरुलाई नेकपा एमालेका युवा नेता रघु थापाको संयोजनमा पार्टी प्रवेश गराइएको थियो। कार्यक्रममा मन्तव्य राख्दै काठमाडौँ क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराई तथा काठमाडौँ क्षेत्र नम्बर-४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले पार्टी प्रवेश गर्नेहरुलाइ उचित जिम्बेवारी प्रदान गरिने भन्दै कार्यकर्ताहरुमा उत्साह भर्ने प्रयास गरेका थिए। खचाखच भरिएको हलमा देखिएको उत्साह र तातेको माहोलले चुनावी सरगर्मी बढेको संकेत गरेको थियो। दुवै उम्मेदवारहरुले उत्साहित हुँदै चुनाव जित्ने कुरामा ढुक्क हुन अनुरोध गर्दै आफ्नो मन्तव्य राखेका थिए।

नेकपा एमालेका नेता बिदुर बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली माइकल ज्याक्सन भनेर चिनिने टिकटक स्टार रेवत सापकोटाले बिभिन्न प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिले माहोल तातेको थियो।
त्यसैगरि काठमाडौँ क्षेत्र नं ४ का माओवादी नेता मुरारी भण्डारी समेत नेकपा एमाले प्रवेश गरेका छन् ।
बूढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी काठमाडौँ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मानिन्छन् ।
नेकपाकालिन अवस्थामा सिन्धुलीको फिक्कल गाउँपालिका कमिटी सचिव समेत रहेका भण्डारी शिक्षा र सहकारी क्षेत्रमा पनि सक्रिय रहदै आएका छन । पुस्पलाल मेमोरियल कलेज र प्रशान्ति एकेडेमीमा संचालक समेत रहेका भण्डारी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय छन् ।
अध्यक्ष ओली निवास बालकोटमा पुगेर उनि पार्टी प्रवेश गरेका हुन।
