
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभरबाट २४८० नमूना परीक्षण गर्दा ५४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १०१३ र एन्टिजेनबाट १४६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४८ र एन्टिजेनबाट ६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै मन्त्रालयका अनुसार थप ५४ जना कोरोनामुक्त भएका छन् ।
हाल सक्रिय कोरोना संक्रमितको संख्या ७२१ रहेको छ ।