
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल बढ्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा अझ बिशेष चुनावी रौनक बढेको महसुस गर्न सकिन्छ। चुनावी मिति नजिकिए संगै चुनाव केन्द्रित बिभिन्न गोप्य बिषयहरु समेत बाहिरिदै गएका छन्।
यसै बीच चुनाबी मनोनयनको अघिल्लो रात नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर-४ छोडेर सर्लाही जान लागेको भन्ने बिषयमा नयाँ तथ्य बाहिरिएको छ। असोज २३ गते मनोनयन गर्ने दिन बिहान (राती) १ बजे थापा सर्लाही जाने अन्तिम निर्णय भएको र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर-४ को संघीय प्रतिनिधिसभाको टिकट नैन सिंह महरलाइ दिएको खुलासा भएको छ।तर अन्तिम समयमा कार्यक्रताको ठुलो दवाव पछि गगन थापा फेरी काठमाडौं क्षेत्र नम्बर-४ मै फर्किएको बताइएको छ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम काठमाडौं क्षेत्र नम्बर-४ का नेकपा एमाले उम्मेदवार डा राजन भट्टराईले उक्त बिषय उजागर गर्दै क्षेत्र छोडेर जान खोज्नेलाइ जनताले भोट नदिने दावी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर-४ को संघीय प्रतिनिधिसभाको टिकट नैन सिंह महरलाइ दिएको भन्दै भट्टराईले डराएर क्षेत्र छोडेर जान लागेको उम्मेदवारलाइ नभई अब यस क्षेत्रका जनताले आफूलाइ मत दिने दावी समेत गरेका थिए।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर-१० स्थित कार्की ब्याङ्केट्समा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा १५० भन्दा धेरै व्याक्तिहरु बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए। नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराई तथा काठमाडौँ क्षेत्र नम्बर-४ (२) प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापाले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए।