रुपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०७९

काठमाडौं । सत्ता गठबन्धनबाट रुपन्देही-२ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत रहेको अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने गरी आदेश दिएको हो ।

सर्वोच्चको आजको फैसलासँगै कालोसूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने भएका छन् । रुपन्देही-२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।


Published :कार्तिक ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media