कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक ५, २०७९

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


Published :कार्तिक ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media