काठमाडौँ । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
४० जनाभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेहरुमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सयजना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मध्यप्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गए राति बस दुर्घटना भएको थियो ।