चीनको राष्ट्रपतिमा सी जिनपिङ निर्वाचित

राष्ट्रपाटी न्युज

कार्तिक ६, २०७९

बेइजिङ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचति भएका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् ।

सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

एक दशकदेखि सत्तामा रहेका सी तेस्रो पटक सत्तामा आएर इतिहास रचेका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि चीनमा तेस्रो पटक कुनै पनि नेता सत्तामा आएका थिएनन् ।

सी चिनफिङले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । उनको टोलीमा ली छ्याङ, शाओ लेजी, वाङ हुनिङ, काई के, डिङ्ग सेसियाङ्ग र ली सी सामेल छन्। जसमध्ये ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले पूर्व प्रम ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् ।

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भनेका छन्, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताए ।


Published :कार्तिक ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media