कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक सोमबार गर्ने

राष्ट्रपाटी न्युज

६ कार्तिक २०७९

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ ।

आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका छन् ।


Published :६ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media