नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी पुष्टि

राष्ट्रपाटी न्युज

७ कार्तिक २०७९

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड- १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सब भेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ । दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


Published :७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media