१२ वर्षे मेलाको साइत निकाल्ने कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक

राष्ट्रपाटी न्युज

७ कार्तिक २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज सोमबार बिहान सरिक हुनुभएको छ ।

सो अवसरमा उहाँले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति त्यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।


Published :७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media