लक्ष्मीपूजामा झिलीमिली काठमाडौँ (फोटोसहित)

राष्ट्रपाटी न्युज

कार्तिक ७, २०७९

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको भव्य रुपमा पूजाआजा गरी स्वागत गर्ने चलन रहेको छ ।

काठमाडौंमा आमसर्वसाधारणले घरलाई झिलिमिली बत्तीले झिलीमिली बनाएका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ ।

काठमाडौंका अग्ला स्थानहरुबाट लक्ष्मीपूजाको दिन उपत्यकाका घरहरु झिलीमिली देखिएका छन् ।

 


Published :कार्तिक ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media