पत्रकार टेक मास्की रानाको निधन

राष्ट्रपाटी न्युज

९ कार्तिक २०७९

बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा निधन भएको छ ।

दुई साताअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बिहान निधन भएको हो ।

स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका रानाले नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।

केही वर्षअघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।


Published :९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media