“शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?”

राष्ट्रपाटी न्युज

९ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला भन्दै व्यङ्य गरेका हुन् ।

उनले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार/अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध भएको टिप्पणी गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?  यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’

आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन् ।

आयोगले ‘नो नट अगेन ’आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै  यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको छ ।


Published :९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media