
काठमाडौं । निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार प्रकाशन गरेको हो।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली