अध्यक्ष ओलीद्वारा लोसपाका केन्द्रीय सदस्य राजाराम साहसहितका नेतालाई एमालेमा स्वागत

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य राजाराम साह एमालेमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साहसहितका नेतालाई पार्टीमा स्वागत गरेका हुन् । साहसहितका नेता पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुगेका थिए ।

उनीसँगै प्रिया रानी, रश्मी सिंह, प्रदेश सदस्य राजकुमार सिंहसहित बारा जिल्ला कमिटी सदस्यहरू एमालेमा प्रवेश छन् ।


Published :कार्तिक ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media