
काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदका लागि सत्ता गठबन्धन दलहरू तथा तालमेल गरिएका लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
सत्ता गठबन्धनले केही निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
सत्ता गठबन्धनले सार्वजनिक गरेका उम्मेद्वारहरुको नामावली