
काठमाडौं । नेपालमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभरबाट ९२४ नमूना परीक्षण गर्दा १४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४४८ र एन्टिजेनबाट ३७६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १२ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार थप २९ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ ।