निर्वाचन आयोगद्वारा गगन थापालाई दोस्रो स्पष्टीकरण

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०७९

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले जानकारी दिएका छन् ।

गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो । तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत् ‘यस्तो गल्ती बारम्बार गर्छु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुन: स्पष्टीकरण सोधेको हो ।

आयोग स्रोतले भन्यो, ‘उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भइसकेको छ, तत्काल पत्र तयार गरेर पठाउने तयारी छ ।’


Published :कार्तिक ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media