रुपन्देहीमा कार दुर्घटनामा परी तीनको मृत्यु, दुईजना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०७९

भैरहवा । रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सोमबार बिहान घरबाट नजिकैको छठ घाटमा जाने क्रममा सवारी दुर्घटना भएको हो।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डोगो कारले ठक्कर दिँदा रुपन्देही ओमसतिया–४ पननीको एक महिने शिशुसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीया सीमा कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र ३५ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

घाइतेहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार भएको कार र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।


Published :कार्तिक १४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media