सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुईको मृत्यु, १७ जना घाइते

राष्ट्रपाटी न्युज

अशोज १५, २०७९

काठमाडौँ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 


Published :अशोज १५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media