एमालेको चुनावी घोषणा पत्र सार्वजनिक आज हुँदै

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ ।

आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ ।

नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


Published :१५ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media