सन्दीपविरुद्धको मुद्दामा आज थुनछेक बहस

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०७९

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा आज (मंगलबार) थुनछेक बहस हुँदैछ।

जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। साथै उनको चलअचल सम्पत्ति रोक्का गर्न पनि अभियोगपत्रमा माग गरिएको छ।

आज न्यायाधीशसमक्ष लामिछनेको बयान हुनेछ र त्यसपछि थुनछेक बहस अघि बढ्नेछ। त्यसपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटी वा सामान्य तारेखमा छाड्ने आदेश दिनेछ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुई दिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।


Published :कार्तिक १५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media