सडक दुर्घटनामा परी अफगानिस्तानमा ३० जना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक १५, २०७९

काबुल । अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् ।

एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ । काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक माज्दा कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र  उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

दुर्घटनाको कारण हाल पुष्टि भएको छैन् । तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै  अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ । (रासस/एएनआई)


Published :कार्तिक १५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media