शेयर बजारमा सामान्य अंकको सुधार

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०७९

काठमाडौं  । नेप्से बढ्ने क्रम आज पनि जारी रह्यो । तिहारपछिको पहिलो कारोबार दिन सोमबारदेखि उकालो लागेको नेप्से परिसूचक आज पनि सोही क्रममा रहेको  छ । आज शेयर बजार सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से ७.३२ अंकले बढेर १९३८.३८ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५६.१० अंकले बढेर १९३०.९७ विन्दुमा बन्द भएको थियो । त्यसअघि सोमबार नेप्से १६.३९ अंकले बढेको थियो ।

आज २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर १ अर्ब ४६ करोड ७९  लाख १४ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भयो ।

सेन्सेटिभ इन्डेक्स ०.७९ अंकले बढेर ३८२.९४ विन्दुमा अडिएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन ।

कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतले बढ्यो । कारोबारमा आएका १३ समूहमध्ये ३ को सूचक घटेको छ भने बाँकी १० को बढेको छ ।

यस दिन आदर्श समूहको सर्वाधिक १.४४ प्रतिशतले सेयर मूल्य बढ्यो। होटल्स एन्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर,फाइनान्स, मनु प्रो,  माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स,म्युर्चुअल फन्ड र इन्भेस्टमेन्ट समूहको परिसूचक ०.९७ प्रतिशतसम्म  बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजार २१४ रुपैयाँको सेयर खरिदबिक्री भयो ।


Published :कार्तिक १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media