काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको बटमलाइन चुनावपछि शेरबहादुर देउवा नै प्रधानममन्त्री बन्ने रहेको बताएका छन् ।
बुधबार बुटवलमा आयोजित कार्यक्रममा महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा . महतले १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दावी गरे ।
एमालेको बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता अधिकारलाई बञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह गरे । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रणलगायत काम गरेको दावी गरे।