नवलपरासीमा बस दुर्घटना, चालकसहित २२ जना घाइते

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०७९

काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका-९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


Published :कार्तिक १७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media