शेयर बजारमा दोहोरो अंकको गिरावट

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०७९

काठमाडौं  । तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।

साताको तीन दिन सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचक लगातार उकालो लागेको थियो । नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको थियो ।

तर, आज नेप्‍से १६.१४ अंकले ओरालो लागेर १९२२.१६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि १ अर्ब मुनि झरेको छ ।

आज २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ९८ लाख ७ हजार ८३० रुपैयाँमा खरिदबिक्री भयो ।

अघिल्लो कारोबार दिन बिहीबार १ अर्ब ४६ करोड ७९  लाख १४ हजार ८७५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूहमध्ये ११ को मूल्य घट्यो भने २ को बढ्यो ।

हाइड्रोपावर, डेभलपमेन्ट, फाइनान्स,अदर्श समूहको सूचक १ प्रतिशत बढिले घट्दा नन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्सको  १.४ प्रतिशतले बढ्यो ।

यसदिन कुनैपनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । ४ करोड मूल्यको सेयर कारोबार गरी एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो ।


Published :कार्तिक १७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media