देशका केही भागमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०७९

काठमाडौँ । देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


Published :कार्तिक १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media