जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

जसपाको केन्द्री प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले आज एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिने लागिएको जानकारी दिएका छन् ।

केही हप्ताअगाडिसम्म सत्ता गठबन्धनमा रहेको जसपा सिट बाँडफाँटको विषयमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएको थियो ।


Published :कार्तिक १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media