चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०७९

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।


Published :कार्तिक २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media