अफगानिस्तानमा सडक दुर्घटनामा परी दुई चिकित्सकसहित दशजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२० कार्तिक २०७९

काबुल । अफगानिस्तानमा भएको एक सडक दुर्घटनामा परेर दुईजना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् । कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्काे एक दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । यहाँका सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ । (रासस/एएनआई)


Published :२० कार्तिक २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media