
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकन गरेका छन् । आइतबार ओलीले निर्माणाधीन नागढुङ्गा नौबिसे सुरुङमार्गको अवलोकन गरेका हुन् ।

देशका विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिन प्रयोग हुने मुख्य नाका नागढुङ्गामा निर्माणाधीन सुरुङमार्गको आफू प्रधानमन्त्री हुँदा ओलीले नै उद्घाटन गरेका थिए । सो अवलोकनका क्रममा ओलीले कामको प्रगतिका बारेमा पनि जानकारी समेत लिएका थिए ।

करिब तीनकिलोमिटर लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको बताइएको छ ।



