आगामी चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै होः पृथ्वीसुब्बा गुरुङ

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०७९

लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालेले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको बताए । एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगायत नेपाली भू-भागहरू फेरि पनि धरापमा पर्ने उनले बताए ।

उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताए ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्न सके मात्रै जिल्लाको विकास हुने बताए ।

लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनार-किनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा राखेर यो काम गर्ने बताए ।

त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुझेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उम्मेदबारहरु रहेको भन्दै नेकपा एमालेको जित सुनिश्चित भएको बताए ।

 


Published :कार्तिक २१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media