
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे।
मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे।
संविधान र्निमाण पछि भने आफूले यस क्षेत्रको हरेक प्रकारका विकासका गतिविधि अगाडि बढाएको दावी गरे।
हरेक टोलमा आफूले कुनै न कुनै प्रकारको विकास योजना जनतासामु पुरयाएको उनले बताए।
सुकुम्बासी समस्या व्यवस्थापनदेखि लिएर सामुदायिक विद्यालय सुधारका लागि पनि आफूले सक्दो काम गरेको बताए।
उनले सोही कारण पनि यसपटक मतदाताहरुबाट सकरात्मक प्रतिकृया पाइरहेको बताए। मतदाताले मेलम्ची खानेपानीका बारेमा गुनासो गरेको बताउँदै नेता सिंहले आफूले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए ।
उनले मतदाताले यसपटक आफू र कांग्रेसलाई बहुमत दिने विश्वास व्यक्त गरे ।