रुपन्देहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०७९

काठमाडौँ । रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका-२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले बताए । दुर्घटनामा गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए ।


Published :कार्तिक २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media