देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०७९

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यस्तै बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।


Published :कार्तिक २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media